सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भण्डारी कैलालीबाट बेपत्ता

सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भद्र भण्डारी पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् । मंगलबार कैलालीको चिसापानीस्थित एक होटलमा गाडी र मोबाइल छोडेका भण्डारी त्यसपछि सम्पर्कविहीन बनेका हुन् ।

प्रहरीका अनुसार भण्डारी मंगलबार धनगढीबाट चिसापानी पुगेका थिए । सुर्खेतको विरेन्द्रनगरमा रहेको न्यू बुलबुले अटो सेल्सका सञ्चालक भण्डारीले प्रयोग गर्ने बा।१८च। ९८७५ नम्बरको गाडी इलाका प्रहरी कार्यालय चिसापानीले नियन्त्रणमा लिएको छ । बिहीबार गाडी बेवारिसे अवस्थामा प्रहरीले फेला पारेको बताइएको छ ।

पाँच दिनदेखि बेपत्ता संघका महासचिव भण्डारीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । भण्डारीको परिवारसमेत सम्पर्कमा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउँदले बताए । प्रहरीले हुलिया सार्वजनिक गरेर भण्डारीको खोजी गरिरहेको छ ।


२७ जेठ २०८०, शनिवार १३:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु