गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन माग गर्दै काठमाडौँमा एमालेको प्रदर्शन

नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले कैलालीको गेटामा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय कायम गर्न माग गर्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेको छ ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीले आज माइतीघरमा संघीय सरकारसमक्ष विश्वविद्यालय कायम गर्न माग राख्दै प्रदर्शन गरेको हो ।

विरोधमा सुदूरपश्चिमका एमाले तथा अनेरास्ववियुका नेताको सहभागीता रहेको अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष गोविन्द गिरीले बताए ।

उनका अनुसार सरकारलाई ध्यानाकर्षण गराउन विरोध प्रदर्शन गरिएको हो । एमालेले गेटामा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै आएको छ । गेटामा विश्वविद्यालय सञ्चालन गर्न सरकारलाई दबाब दिन बजेट आए लगत्तै आन्दोलन भइरहेको छ ।

आजै यसको लागि बनेको सङ्घर्ष समितिले माग पुरा गराउन भन्दै जेठ २८ गते सुदूरपश्चिम बन्दको घोषणासमेत गरिसकेको छ ।


२६ जेठ २०८०, शुक्रवार १८:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु