सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ बढ्दा सस्तियो चाँदी

बुधबार सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले महङ्गिएको छ भने चाँदीको भाउ पाँच रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा बुधबार सुनको भाउ बढेको हो भने चाँदीको भाउमा सामान्य गिरावट आएको हो । यो दिन छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार हुनेछ ।

यसअघि भने यो सुनको मूल्य तोलामा १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, यसअघि प्रतितोला १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको भाउ आज बढेर १ लाख ९ हजार ३ सय रुपैयाँ पुगेको छ ।

यता, चाँदी भने घटेर प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । यसअघि चाँदीको भाउ १ हजार ३ सय ६५ रुपैयाँ रहेको थियो ।


१० जेठ २०८०, बुधवार १३:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु