punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलाली र कञ्चनपुरबाट लागुऔषधसहित तीन जना पक्राउ

Chaupati
safha napa

कैलाली र कञ्चनपुरबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। कैलालीको लम्कीचुहा नगरपालिका–९ बनबसाबाट लागूऔषधसहित भजनी नगरपालिका–३ ढुषीका २२ वर्षीय रन्जित पौडेलसहित दुई जना पक्राउ परेका छन्।

५ सय ५० मिलिग्राम लागुऔषधसहित प्रहरीले पौडेलसहित दुई जनालाई मंगलबार राति पक्राउ गरेको हो। ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई पक्राउ गरेको जनाएको छ। त्यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका–६ रिछाहबाट पनि लागूऔषधसहित एक किशोर पक्राउ परेका छन्।

३ ग्राम ६५ मिलिग्राम र एक थान सानो तराजुसहित बेलौरी नगरपालिका–३ खिरियाका १८ वर्षीय किशोरलाई मंगलबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको संयुक्त टोलीले उनलाई लागुऔषधसहित पक्राउ गरेको हो।


२७ वैशाख २०८०, बुधवार १५:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु