punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

यौन दुर्व्यवहार सम्बन्धी मुद्दामा अमेरिकी पूर्व राष्ट्रपति ट्रम्प दोषी ठहर

Chaupati
safha napa

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार सम्बन्धी एक मुद्दामा दोषी ठहर भएका छन् ।

उनलाई न्युयोर्कको एक अदालतले यौन दुर्व्यवहारमा दोषी ठहर्‍याउँदै पीडितलाई क्षतिपूर्ति बापत ५० लाख डलर दिनुपर्ने फैसला सुनाएको छ ।

एक म्यागेजिनकी लेखिका ई। जीन केरलले सन् १९९० मा ट्रम्पले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । साथै उनले ट्रम्पमाथि आफ्नो मानहानी गरेको आरोप समेत लगाएकी थिइन् ।

यो मुद्दामा पूर्व राष्ट्रपति ट्रम्पलाई अदालतले दोषी ठहर्‍याएको बीबीसीले जनाएको छ ।

तर अदालतले जीन केरलले लगाएको बलात्कार आरोपमा भने ट्रम्पलाई दोषी ठहर्‍याएको छैन ।

ट्रम्पले अदालतको फैसलामा असन्तुष्टि जनाएका छन् । साथै उनले फैसलाविरुद्ध अपिल गर्ने प्रतिक्रिया दिएका छन् ।

पोर्न स्टार स्टोर्मी डेनिल्सलाई पैसा दिएर दबाबमा राखेको अभियोगमा ट्रम्पमाथि अर्को फौजदारी मुद्दा पनि छ ।

७६ वर्षका ट्रम्पमाथि अवैध तरिकाले अर्बौँ डलरको सम्पत्ति जम्मा गरेको, ह्वाइटहाउसबाट महत्वपूर्ण कागजात गायब पारेको, राष्ट्रपति चुनावको परिणाम अस्वीकार गर्दै आफ्ना समर्थकलाई संसद भवनमा आक्रमणका लागि उक्साएकोलगायतका आरोप पनि छन् ।


२७ वैशाख २०८०, बुधवार ०८:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु