punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मन्त्रीको नाम माग्न काठमाडौँ पुगेका मुख्यमन्त्री शाह आज फर्किँदै, होला त सरकार विस्तार ?

Chaupati
safha napa

सुदूरपश्चिमको सरकार विस्तारमा सत्ता गठबन्धनको शीर्ष नेताहरू बिच सहमति गरेर भागबन्डा टुङ्गो लगाउन आग्रह गर्न काठमाडौँ पुगेका मुख्यमन्त्री कमल शाह आज कैलाली फर्किँदै छन् ।

मंगलबार मुख्यमन्त्री शाह सहित भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा र माओवादी संसदीय दलका नेता खगराज भट्ट शीर्ष नेताहरूलाई भेट्न काठमाडौँ गएका थिए । भौतिक मन्त्री देउवा र माओवादीका भट्ट हिजै फर्किएका हुन् । उनीहरूसँग शीर्ष नेताहरूसँगको भेटमा सहभागी माओवादीका सांसद ओम विक्रम भाट सरल पनि हिजै फर्किए । आज साझ सम्म मुख्यमन्त्री पनि फर्किने कार्यक्रम रहेको जनाइएको छ ।

मन्त्रीको नाम लिएन काठमाडौँ पुगेका मुख्यमन्त्री शाह मन्त्रीको नाम लिएर फर्किने सम्भावना भने क्षीण रहेको जनाइएको छ । हिजो कांग्रेस सभापति शेरबहादुर देउवालाई र अस्ति माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई भेटेर मुख्यमन्त्रीले सुदूरपश्चिम सरकार विस्तारमा ढिलाइ भइरहेको भन्दै शीर्ष नेताहरू बिच सहमति गर्न आग्रह गरेका थिए । देउवा र प्रचण्ड दुवैले अब धेरै ढिला नहुने आश्वासन दिए पनि अहिले सम्म मुख्यमन्त्रीलाई मन्त्रीहरूको नाम भने दिएका छैनन् ।

‘हिजो कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर भागबन्डाको बिषय टुङ्गो लगाउने आश्वासन दिनुभएको थियो तर, अहिले सम्म पनि मन्त्रीहरूको नाम मुख्यमन्त्रीले पाउनु भएको छैन’ मुख्यमन्त्री निकट स्रोतले भन्यो ‘आज उहाँ फर्किँदै हुनुहुन्छ नाम लिएर आउने सम्भावना कम छ ।’

साझ सम्म पनि मुख्यमन्त्रीले नाम दिए सरकार विस्तार लगत्तै हुने नभए अझै केही दिन पर धकेलिन सक्ने उनको भनाइ थियो ।

तीन महिना पहिले आजकै दिन मुख्यमन्त्री शाह सहित भौतिक पूर्वाधार विकास मन्त्रालयमा कांग्रेसका प्रकाश देउवा र आर्थिक मामिला तथा योजना मन्त्रालयमा नेकपा एकीकृत समाजवादीका नरेश शाहीले शपथ ग्रहण गरेका थिए ।त्यस पछि सरकार विस्तार हुन सकेको छैन ।

अहिले सम्म सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय मन्त्री विहीन छन् ।


२७ वैशाख २०८०, बुधवार ०८:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु