हातहतियारसहित एक जना पक्राउ

डडेल्धुरा, असार ३० । डडेल्धुरामा हातहतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जिल्लाको आलिताल फल्लीखर्कका लालबहादुर कुँवरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो।

कुँवर घरमा लुकाई छिपाई राखेको लाईसेन्स बिनाको भरुवा बन्दुक १ थान, सोही भरुवा बन्दुकमा प्रयोग हुने बारुद दुई डिब्बा र सिसा १७ थान सहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।


३० असार २०७७, मंगलवार १२:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु