punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा आज २० जना कोरोना संक्रमित थपिए

Chaupati
safha napa

धनगढी, असार ३० । सुदूरपश्चिममा आज थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा १२, धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सात र शिक्षण अस्पतालको प्रयोगशालामा एक गरी आज २० जनामा कोरोना पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरीएको परीक्षणमा आज अछाम जिल्लाका १२ जनामा कोरोना पुष्टि भएको छ। शिक्षण अस्पतालमा गरिएको परीक्षणमा कैलालीका एक जनामा संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले बताए।

आज धनगढीमा गरिएको परीक्षणमा भेटिएका सात जनामध्ये कैलालीको टीकापुर नगरपालिका वडा नम्वर ५ का ७४ वर्षीय पुरुष, गौरीगंगा नगरपालिका वडा नम्वर ४ का ४० बर्षीया महिला, लम्की चुहा नगरपालिका वडा नम्वर ५ का ४० बर्षीया महिला छन् ।

यस्तै, कञ्चनपुरको शुक्लाफाँटाका नगरपालिका वडा नम्वर ४ का २२ वर्षीय युवक र अछामको साँफेवगर नगरपालिका वडा नम्वर ११ का २३ वर्षीय महिलामा कोरोना पुष्टि भएको छ। योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या तीन हजार ९ सय ५६ पुगेको छ।


३० असार २०७७, मंगलवार ११:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु