punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतको पक्षमा बोल्ने सरिता गिरी पुगिन् नेपाल सरकारविरुद्ध सर्वोच्चमा

Chaupati
safha napa

काठमाडौं, असार २८। समाजवादी पार्टीकी सांसद सरिता गिरिले पार्टी र सरकारविरुद्ध मुद्दा दर्ता गराएकी छिन् ।

पार्टी कार्वाहीमा परी निश्काशित भएकी उनले आफूलाई सांसद र पार्टीबाट निष्काशन गर्ने निर्णय अवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा आइतबार मुद्दा दर्ता गराएकी हुन् ।

आफूलाई कारबाही गर्ने निर्णय अवैधानिक भएकाले न्यायका लागि अदालत आएको उनले प्रतिक्रिया दिएकी छन् । आफूलाई संसदीय दलको सिफारिशमा केन्द्रीय समितिले मात्र कारबाही गर्न सक्ने कुरा बताइन् ।

उनलाई पार्टी निर्णयविपरित गई लिम्यिाधुरासहितको भूभाग समेट्ने गरी भएको संविधान संशोधन प्रस्तावलाई सच्याउनुपर्ने भन्दै संशोधन दर्ता गरेको र राष्ट्रहित विपरीत अभिव्यक्ति दिएको भन्दै पार्टीले कारबाही गरेको हो ।


२८ असार २०७७, आइतवार १२:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु