धनगढीको ऐश्वर्य क्याम्पसमा स्ववियु निर्वाचनको लागि अनेरास्ववियुले जारी ग¥यो प्रतिबद्धता

कैलाली । धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा अनेरास्ववियुले स्ववियु निर्वाचनको लागि प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । आज क्याम्पसमै पत्रकार सम्मेलनको आयोजना गर्दै अनेरास्ववियुले प्रतिबद्धता जारी गरेको हो ।

चैत्र ५ गते हुन लागेको स्ववियु निर्वाचनमा सभापतिका उम्मेदवार कुबेर खड्का लगायतको टिमले प्रतिबद्धता जारी गरेको हो । प्रतिबद्धता जारी गर्दै सभापति उम्मेदवार खड्काले विद्यार्थीको हक हित र गुणस्तरीय शिक्षाका लागि विगत देखी नै आवाज उठाइरहेको भन्दै आफ्नो सम्पूर्ण टिमलाई विजयी गराउन अपिल गरेका थिए ।

No description available.

अनेरास्ववियुले जारी गरेको प्रतिबद्धता पत्रमा क्याम्पसमा डिजिटल डिस्प्ले र डिजिटल सूचना बोर्ड राख्न पहल गर्ने, सबै कक्षा कोठामा एसी र हिटर जोड्न पहल गर्ने, छात्र र छात्राका लागि होस्टेलको व्यवस्थापनको लागि पहल गर्ने, मासिक रुपमा बिभिन्न सृजनात्मक कार्य गर्ने, बस सञ्चालनको लागि पहल गर्ने,टिउसनको बाध्यता अन्त्य गर्दै क्याम्पसमै थप कक्षाको लागि पहल गर्ने लगायतका एजेन्डाहरू रहेका छन् ।

ऐश्वर्य क्याम्पस अनेरास्ववियु अध्यक्ष कमल न्यौपानेले अरू भन्दा अनेरास्ववियुका एजेन्डाहरू उपयुक्त र विद्यार्थीहरूको आवश्यक्ताको आधारमा रहेको बताए । उनले अनेरास्ववियुलाई विजयी गराउन पनि सबै विद्यार्थीहरूलाई अपिल गरेका थिए ।


१ चैत २०७९, बुधवार १८:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु