punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विश्वकप २०२६ : तीन देशमा खेलाइने, ४८ टीम सहभागी हुने

Chaupati
safha napa

काठमाडौं । सन् २०२६ को फिफा विश्वकप फुटबल ४८ देशको सहभागितामा आयोजना हुने भएको छ ।

अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपमा ४८ राष्ट्रको सहभागिता रहने रुवान्डामा फिफा काउन्सिल बैठकले निर्णय गरेको हो ।

विश्वकपमा यसअघि ३२ राष्ट्रको सहभागिता रहँदै आएको थियो । विश्वकप २०२६मा ४८ टीमलाई १२ समूहमा विभाजन गरिनेछ । हरेक समूहमा ४ टीम हुने छन् ।

समूहको शीर्ष दुई टीमले नकआउट चरणमा स्थान बनाउने छन् । यस्तै, तेस्रो हुने उत्कृष्ट ८ टिमले पनि नकआउट चरणमा स्थान बनाउने छन् ।

अमेरिका, क्यानाडा र मेक्सिकोको १६ शहरमा आयोजना हुने २०२६ को विश्वकपमा कुल १०४ खेल हुनेछन् । जहाँ १६ युरोपियन राष्ट्र प्रतिस्पर्धामा उत्रने छन् ।

 


१ चैत २०७९, बुधवार १२:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु