लम्कीमा अभिनेता पुष्प खड्कासहित ६७ जना पूर्व विद्यार्थीलाई सम्मान

कैलालीको लम्कीचुहामा रहेको नव जागृत माध्यमिक विद्यालयले पूर्व विद्यार्थीहरूलाई सम्मान गरेको छ । विद्यालयले ५४ औँ वार्षिकोत्सवको अवसर पारेर विभिन्न ओहोदामा पुगेका आफ्ना ६७ जना पूर्व विद्यार्थीहरूलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा कृषक, व्यापारी, शिक्षकदेखि कलाकार र सांसदसम्म छन् ।

पूर्व सांसद गङ्गा थारु, पूर्व राष्ट्रिय सभा सदस्य कमल कुमारी ओली, संविधानसभा सदस्य रामदुलारी चौधरी, नायक पुष्प खड्का, नार्कका कृषि वैज्ञानिक रामबहादुर खड्कालाई सम्मानीत गरेको हो ।

यस्तै डिएसपी हेम बहादुर शाही, गौरीगङ्गा नगरपालिकाका निवर्तमान मेयर भीम बहादुर देउवा, बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवर, उपाध्यक्ष गणेश राज गिरी, वडा अध्यक्ष मिथुन गौतम, सहारा घरका सञ्चालक बल बहादुर विष्ट लगायत विभिन्न व्यक्तिहरू सम्मानित भएका हुन ।

अध्ययन गरेको लामो समय पछि विद्यालयले यसरी सम्मान गरेकोमा पूर्व विद्यार्थीहरू खुसी व्यक्त गरेका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्र प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह रहेका थिए ।

 


१ चैत २०७९, बुधवार १२:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु