punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा हुने सूचना प्रविधि प्रदर्शनीको तयारी अन्तिम चरणमा

Chaupati
safha napa

कैलालीको धनगढीमा आयोजना हुन लागेको सूचना प्रविधि प्रदर्शन (क्यान इन्फोटे) २०७९ को तयारी अन्तिम चरणमा पुगेको छ।

कम्प्युटर एशोशियसन नेपाल कैलालीको आयोजनामा फागुन १६ गते देखि २० गतेसम्म हुन लागेको मेलाको तयारी अन्तिम चरणमा रहेको शनिबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो। प्रदर्शनीको यो दोस्रो संस्करण हो। धनगढीमा २०७२ सालमा ओम प्यालेसमा प्रथम प्रदर्शनी शुरु भएको थियो।

सात बर्षपछि सञ्चालन हुन लागेको मेलालाई प्रविधिका सामाग्री खरिद विक्रीभन्दा पनि सूचना, जानकारी तथा प्रविधिको विकासमा जोड दिइने छ। मेलामा सूचना प्रविधिको बारेमा जानकारी दिने, नविनतम प्राविधिक सामग्रीको प्रदर्शनी गरिने, साईबर सेक्युरेटि सम्बन्धी जानकारी दिइने मुल आयोजक समितिका संयोजक नरेन्द्रसिंह धामीले बताए।


१४ फागुन २०७९, आइतवार ०६:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु