बैङ्कको चर्को ब्याजदर तत्काल घटाउन उद्योग वाणिज्य सङ्घ कैलालीका अध्यक्षको माग
बैङ्कहरूको लिइरहेको चर्को ब्याजदर तत्काल घटाउन कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले माग गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम प्रदेशको अगुवाइमा बैङ्क ब्याजदर विरुद्ध कार्य तालिका सार्वजनिक गर्दै कुँवरले यस्तो माग गरेका हुन् । उनले नेपाल उद्योग वाणिज्य महासङ्घकै विरुद्धमा आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए ।
नयाँ सरकार आएपछि बैङ्कको ब्याजदर घटाउनुपर्ने लगायतका उद्योगी व्यवसायीहरुको माग तत्काल सम्बोधन गर्न पनि अध्यक्ष कुवरले माग गरे ।
प्रदेशका सबै उद्योग वाणिज्य सङ्घहरू एक ठाउँमा उभिन आवश्यक रहेको भन्दै उनले भने, ‘आगामी दिनमा चरणबद्ध आन्दोलनका कार्यक्रम अगाडि बढाउनुपर्छ ।’
कैलाली उद्योग वाणिज्य सङ्घले पनि यस अघि बिभिन्न चरणमा बैङ्कको ब्याजदर तत्काल घटना बिभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ ।
१४ फागुन २०७९, आइतवार ०८:५७ बजे प्रकाशित































