आज प्रचण्ड र ओलीबिच ‘फाइनल’ वार्ता, सहमति जुट्ला कि टुट्ला ?
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आज फाइनल वार्ता गर्ने भएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले राष्ट्रपतिको विषयमा आज फाइन वार्ता गर्ने भएका हुन् । राष्ट्रपतिको उम्मेदवारमा सहमति जुटाउन प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली निरन्तर छलफलमा जुटेका छन् ।
निरन्तर छलफलमा जुटेपनि यी दुई नेताबीच सहमति भने जुट्न सकेको छैन । अध्यक्ष ओलीले पुस १० गतेको सहमति अनुसार नेकपा एमालेले राष्ट्रपति पाउनुपर्ने माग राखेका छन् ।
यता प्रचण्ड भने पुस १० को सहमतिबाट पछि हटिसकेका छन् । उनले नेकपा एमालेलाई राष्ट्रपति निर्वाचनमा समर्थन नगर्न राष्ट्रिय सहमति हुनुपर्ने अडान राखेका छन् ।
ओली र प्रचण्डबीच राष्ट्रपतिको विषयमा सत्ता गठबन्धन फुट्ने संकेत देखिएको छ ।
१२ फागुन २०७९, शुक्रवार ०७:१४ बजे प्रकाशित































