punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बिरामीको उपचारमा ग्राण्डी अस्पतालको चरम लापरबाही : पत्थरीको अप्रेसन गर्दा घाँटीमा प्वाल

Chaupati
safha napa

धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले उपचारमा हदैसम्म लापरवाही गरेको एक बिरामीको आफन्तले आरोप लगाएका छन् ।

वीरगञ्जका ६१ बर्षीय गणेशकुमार जलान आइतबार पित्तथैलीमा रहेको पत्थरीको अप्रेशनका लागि भर्ना भएका थिए । तर, चिकित्सकको लापरबाहीका कारण जलानको घाँटीमा प्वाल पारिएको छ ।

 

गणेशका छोरा अंकितका अनुसार गत शुक्रबार एक चिकित्सकसँग शल्यक्रियाका बारेमा छलफल भएको थियो । आइतबार भर्ना गर्ने र सोमबार पत्थरी निकालेर अस्पतालबाट डिस्चार्ज गर्ने तयारी थियो । तर, चिकित्सकले सामान्य अप्रेशन गरेर लेजर प्रविधिबाट समाधान हुने बिषयमा पनि बिरामीलाई गम्भीर अवस्थामा पुर्याएको उनको आरोप छ ।

‘अप्रेशन अघि बिरामीलाई कुन रूपमा बेहोस बनाउनुपर्छ त्यो परीक्षण गरेर मात्रै गरिन्छ । तर, चिकित्सकले चेकजाँच नै नगरी बेहोस गरे’ उनले भने, ‘बिरामीको अवस्थालाई मूल्यांकन नगरी बेहोस बनाउँदा बाबालाई श्वासप्रश्वासमा समस्या भयो । चिकित्सकले घाँटीमा प्वाल पारेर पाइपमार्फत अक्सिजन दिए ।’

त्यसपछि बिरामीलाई दुई दिन भेन्टिलेटरमा राखिएको र त्यसपछि आईसीयूमा राखिएको अंकितले बताए । ‘त्यससमयमा केही डाक्टरले गल्ती भएको पनि स्वीकार गरे । यो कुरा बाहिर नभन्नसमेत काउन्सिलिङ गरे,’ अंकितले भने, ‘सानो अप्रेशनलाई पनि यत्रो ठूलो गल्तीले बुबा गम्भीर अवस्थामा पुग्नुभयो ।’

आईसीयूमा पनि स्वास्थ्यकर्मीले राम्रो हेरचाह नगरेको उनको आरोप छ । ‘आज बुबालाई शौचालय जाँदा पनि हात समाउने मान्छे नहुँदा एक्लै जानुभएछ । छातीमा राखिएको ब्लड प्रेसरको मेसिन आफैं खोलेर जाँदा पनि कोही पनि आएनन्,’ उनले भने, ‘अस्पताल सेवा राम्रो नभएकाले आईसीयूबाट बाहिर निस्किएपछि मात्र नर्स आएका थिए ।’

हाल गणेशको उपचार ललितपुरको मेडिसिटी अस्पतालमा भइरहेको छ । ‘चिकित्सकहरुले लापरवाही भएको स्वीकार गरेका छन् । तर, लिखित रुपमा गर्नुभएको छैन’, उनी भन्छन्,’ अब म सम्बन्धित निकायमा उजुरी गर्छु ।’

तर, उपचारमा संलग्न एक चिकित्सक श्वासप्रश्वासमा समस्या भएको कारण घाँटीमा प्वाल पारिएको स्वीकार गर्छन् । बिरामीको अप्रेशन नभएको उनले बताए । ‘अप्रेशन गर्ने बेलामा बेहोस गर्नुपर्ने हुन्छ । श्वास नली अप्ठ्यारो रहेछ । बेहोस बनाउनका लागि पाइप हालेर ज्यान जोगाएका हौं’, नाम खुलाउन नचाहेका ग्राण्डीका ती चिकित्सकले भने ।


१२ फागुन २०७९, शुक्रवार ०७:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु