कैलालीको बल्मीमा अवरुद्ध राजमार्ग खुल्यो
कैलाली ।
माइक्रो बसले ठक्कर दिएर यात्रुको मृत्यु भएको घटना पछि अवरुद्ध गरिएको पूर्व पश्चिम महेन्द्र राजमार्ग सुचारु भएको छ ।
जिल्लाको गोदावरी नगरपालिका–९ बल्मीमा आज बिहान बा ५ ख ४०३२ नम्बरको माइक्रो बसले ठक्कर दिँदा गौरीगङ्गा नगरपालिका–६बस्ने ६० वर्षीया गेरुवा चौधरीको मृत्यु भएको थियो ।
त्यसपछि स्थानीयले सडक अवरुद्ध गरेका थिए। अहिले उक्त सडक खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए ।
११ फागुन २०७९, बिहीवार १३:१२ बजे प्रकाशित































