punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सिडिओलाई औषधी खुवाएर आजबाट सुरु भयो कैलालीमा हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान

Chaupati
safha napa

कैलालीमा हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान सुरु भएको छ ।

स्वास्थ्य कार्यालय कैलालीले प्रदेश सभा भवनको बाहिर आम नागरिकलाई औषधी सेवन गराएर कार्यक्रमको सुरुवात गरेको हो ।

कैलालीमा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले औषधि सेवन गर्दै अभियानको शुभारम्भ गरे । उनले सम्पूर्ण जिल्लावासीलाई औषधि सेवन गरि अभियानलाई सफल पार्न अनुरोध गरे ।

अभियान शुभारम्भमा जिल्ला समन्वय समितिका कर्मचारी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, प्रदेश सभाका मर्यादा पालक, कर्मचारी लगायतले औषधि सेवन गरे । आजदेखि सुरु भएको अभियान २५ गतेसम्म सञ्चालन हुने छ ।

जिल्लामा ९ लाख २६ हजार आठ सय ८८ जनसङ्ख्या रहेकोमा आठ लाख ८० हजार छ सय ४७ जनालाई हात्तीपाइले औषधी खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । दुई वर्ष मुनिका बालबालिका , गर्भवती महिला र सिकिस्त बिरामीलाई यो औषधी सेवन गराइने छैन।


११ फागुन २०७९, बिहीवार १३:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु