सर्वाधिक खोजीमा रहेका विकास दुबे प्रहरी इन्काउन्टरमा मारिए
काठमाडौं, असार २६ । भारतीय प्रहरीको सर्वाधिक खोजीमा रहेका विकास दुबे इन्काउटरमा मारिएका छन् । उनी भारतस्थित कानपुरको बिकरुमा भएको शुटआउटको मुख्य आरोपी हुन् । दुबे आठ जना पुलिसको हत्या आरोपी हुन् ।
पक्राउ परेका दुबेलाई लिएर कानपुर जाँदैगरेको प्रहरीको गाडी दुर्घटनामा परेपछि दुबे भाग्न खोजेका थिए । शुक्रबार बिहान दुर्घटनामा परेको एसटीएफको गाडीबाट भाग्न खोजेका दुबेले प्रहरीको पेस्तोल खोसेर हमला गर्न खोज्दा जवाफी कार्वाहीमा मारिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।दुबे उज्जैनको महाकाल मन्दिरबाट पक्राउ परेका थिए ।
दुबेका तीन सहयोगीहरु यसअधि नै प्रहरी कार्वाहीमा मारिसकेका छन ।उत्तर प्रदेशमा आठ प्रहरीको हत्या गरेको अभियोग लागेका उनी मध्य प्रदेशमा पक्राउ परेका हुन् । उनीमाथि ६० वटा आपराधिक घटनाको केस दर्ता छ ।
२६ असार २०७७, शुक्रवार ०४:१३ बजे प्रकाशित






























