punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नक्कली प्रहरी बनेर असई बनाइदिने प्रलोभन, १९ लाख ठगी

Chaupati
safha napa

काठमाडौ, असार २६ । असई बनाइदिन्छु भन्दै १९ लाख रुपैयाँ ठगी गर्ने एक नक्कली प्रहरीलाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले काठमाडौँ गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ बस्ने २२ वर्षीय कृष्णराम गिरीलाई जोरपाटीबाट पक्राउ गरेको हो ।

गिरीले आफू नेपाल प्रहरीको सहायक निरीक्षक (असई) भएको भन्दै विभिन्न मानिसलाई जागिर लगाइदिने प्रलोभनमा ठगी गर्दैआएको प्रहरीले जानकारी दिएको छ। अपराध अनुसन्धान ब्युरोमा कार्यरत रहेकाले असई बनाइदिन्छु भन्दै १९ लाख रुपैयाँ ठगी गरेको उजुरी परेको छ।

गिरीले आफ्नो फेसबुकको प्रोफाइलमा समेत असईको भएको उल्लेख गरेका थिए। त्यस्तै कोठा चेक गर्दा नेपाल प्रहरी लेखिएको डायरी समेत फेला पारेको प्रहरीले जानकारी दिएको छ।


२६ असार २०७७, शुक्रवार ०३:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु