अनेरास्वियुकाे नयाँ नेतृत्व छान्न मतदान सुरू

काठमाडौँ( नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु०को निर्वाचन सुरु भएको छ।

बिहीबार अपरान्ह ३ बजेपछाडि मतदान सुरु भएको हो।

फागुन २ गतेबाट सुरु भएको महाधिवेशनमा सहमति नजुटेपछि अहिले मतदान भइरहेको हो।

निर्वाचन विद्युतीय मेसिनको प्रयोग गरेर भइरहेको छ।

अध्यक्षका लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, महासचिव समिक बडाल र उपाध्यक्ष मोती विकले उम्मेदवारी दिएका छन्।

निर्वाचनबाट १७ पदाधिकारीसहित केन्द्रीय समितिका १९९ जना सदस्य चयन हुनेछन्।


४ फागुन २०७९, बिहीवार १६:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु