सुदूरपश्चिमको राजधानी निर्माणका लागि एक करोड बजेट विनियोजन

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको स्थायी राजधानीको गुरुयोजना तथा संरचना निर्माणका लागि एक करोड रुपैयाँ विनियोजन गरेको छ।

प्रदेशका आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभा बैठकमा चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै राजधानीको गुरुयोजना तथा संरचना निर्माणका लागि उक्त बजेट छुट्याइएका हुन्।

कैलालीको गोदावरीमा प्रदेशको स्थायी राजधानी घोषणा गरिएको आठ वर्ष बितिसक्दा पनि निर्माणको काम अघि बढ्न सकेको छैन। राजधानी निर्माणका लागि आवश्यक जग्गासमेत प्राप्त हुन सकेको छैन।


२५ असोज २०८३, आइतवार १६:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु