punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सांसद भण्डारीलाई अस्पतालले किन गर्‍यो भारतमा रिफर ?

Chaupati
safha napa

ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीलाई भारतको मुम्बई लैजाने तयारी थालिएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार भण्डारीलाई मुम्बईमा रहेको नेशनल बर्नस् सेन्टरमा लैजान लागिएको हो ।

भण्डारीलाई त्रिभुवन विमानस्थल लैजान अहिले कीर्तिपुर अस्पतालमा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । कीर्तिपुर बर्न अस्पतालकी मेडिकल डाइरेक्टर डा. नजिना ताम्राकारका अनुसार भण्डारीको उपचार नेपालमा सम्भव नहुने भएपछि भारत रिफर गर्नुपरेको हो ।

चिकित्सकका अनुसार भण्डारीको शरीरको ३० प्रतिशत भाग जलेको छ । दुवै हात, दुवै गोडा र अनुहार जलेको छ । ‘माननीयज्यूको २५ देखि ३० प्रतिशत गहिरो जलन छ । यो रिस्क फ्याक्टर हो’, डा. ताम्राकारले  भनिन्, ‘उहाँको पोलेको ठाउँमा छाला राख्नुपर्ने हुन्छ । परिवारको अनुरोधमा हामीले रिफर गरेको हौं ।’

हालको स्रोत र साधनको अवस्थामा उहाँहरुको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा रिफर गर्नुपरेको अस्पताल प्रशासनले जनाएको छ ।

सांसद भण्डारीको बन्द कोठाभित्रको धुँवासहितको तातो हावा श्वास नली हुँदै फोक्सोसम्म पुगेकाले अवस्था गम्भीर रहेको ताम्राकार बताउँछिन् । ‘आफूहरुले एयर–वे म्यानेज लगायतका काम गरेर उपचार गरिरहेको बताउँदै उनले भारतमा लगेर उपचार गर्न सिफारिस पनि गरेको जानकारी दिइन् ।

‘उहाँलाई गाह्रो भएकाले इण्डियातिर उपचार गर्न सल्लाह पनि दिएको छ,’ मेडिकल डाइरेक्टर ताम्राकारले भनिन्, ‘यति डिप वर्न नेपालमा अलि सहज छैन ।’

अस्पतालले सुविधा सम्पन्न स्वास्थ्य संस्थामा लैजान सुझाव दिए पनि उनले भेटघाट गर्नेहरुसँग आफू उपचारका लागि अर्को मुलुक नजाने अडानमा थिए । तर, कांग्रेस नेताहरुको दबावपछि उनी जान तयार भएका थिए ।

बुधबार राति घरमा ग्यास सिलिण्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा जलेर गम्भीर घाइते भएका थिए । सांसद भण्डारीकी आमाको उपचारकै क्रममा बिहीबार विहान निधन भएको छ ।


४ फागुन २०७९, बिहीवार १३:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु