punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

यू–२० साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज नेपालले बङ्लादेशसँग खेल्ने

Chaupati
safha napa

बङ्लादेशमा भइरहेको २० वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा आज नेपालले बङ्लादेशसँग खेल्दैछ । खेल ढाकामा बेलुका पौने ६ बजे हुनेछ । आज घरेलु टोली बङ्लादेशलाई पराजित गर्दै उपाधि जित्ने नेपालको दाउ छ ।

नेपालका मुख्य प्रशिक्षक यम गुरुङले कडा प्रतिस्पर्धा गर्ने बताएका छन् । तर, घरेलु टोलीलाई पराजित गर्न सजिलो भने छैन । बङ्लादेशका मुख्य प्रशिक्षक गोलाम रब्बानीले पनि फाइनल खेल प्रतिस्पर्धात्मक हुने बताएका छन् ।

राउण्ड रोबिनको आधारमा भएको प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् । प्रतियोगितामा नेपाल र आयोजक बङ्लादेशसहित भारत र भुटानको सहभागिता रहेको थियो ।


२६ माघ २०७९, बिहीवार ०७:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु