भत्ता बुझ्न गएकी बृद्धाको बाटोमै मृत्यु
बझाङमा ज्येष्ठ नागरिक भत्ता बुझ्न गएकी एक वृद्धाको बाटोमै मृत्यु भएको छ। जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा १ परिङ्गालकी ७० वर्षीया सीता गिरीको बाटोमा बुधबार मृत्यु भएको हो।
गाउँपालिकाको कार्यालय व्याँसीबाट जेष्ठनागारिक भत्ता बुझेर घर फर्कने क्रममा उनको खौलागणा भन्ने स्थानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्वासप्रश्वासको समस्या रहेकी गिरीको बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
२६ माघ २०७९, बिहीवार ०७:४६ बजे प्रकाशित






























