punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कस्तो होला रजनीकान्त र कमल हसन भिडन्त?

Chaupati
safha napa

रजनीकान्त र कमल हसनको बक्स अफिस भिडन्त हुने भएको छ। रजनीकान्तको ‘जेलर’ र कमल हसनको ‘इन्डियन २’ एक साथ प्रदर्शन हुने भएपछि यी दुईको बक्स अफिस भिडन्त पक्का भएको हो। यी दुवै प्रतिक्षित फिल्म हुन्।

तमिल मेगास्टार रजनीकान्त र कमल हसनका यी दुई फिल्म आगामी नोभेम्बर १० मा रिलिज हुँदै छन्। योसँगै रजनीकान्त र कमल १८ वर्षपछिको बक्स अफिस भिडन्त हुने भएको हो। यसअघि सन् २००५मा ‘चन्द्रमुखी’ र ‘मुम्बई एक्सप्रेस’ एक साथ प्रदर्शन भएपछि बक्स अफिसमा यो संयोग जुरेको थिएन। फिल्म ‘चन्द्रमुखी’मा रजनीकान्त र ‘मुम्बई एक्सप्रेस’मा कमलले अभिनय गरेका थिए।

कमलको ‘इन्डियन २’ राजनीतिक एक्सन थ्रिलर फिल्म थियो। यो फिल्म सन् १९९६ को हिट फिल्म ‘इन्डियन’को सिक्वेल हो। फिल्ममा कमलले वृद्ध भिजिलान्तेको भूमिका निर्वाह गरेका छन्। ‘इन्डियन २’मा कमलसँगै काजल अग्रवाल, रकुल प्रित सिंह, सिद्धार्थ र बोबी सिंहाले शीर्ष भूमिकामा अभिनय गरेका छन्।

नेल्सन दिलिपकुमार निर्देशित ‘जेलर’ एक्सन कमेडी फिल्म हो। फिल्ममा फिल्ममा रजनीकान्तसँगै राम्या कृष्णनन, शिव राजकुमार, थमन्ना भाटिया, योगी बाबुले अभिनय गरेका थिए।


२२ माघ २०७९, आइतवार ०८:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु