धनगढीमा लागुऔषधसहित एक जना पक्राउ

कैलालीको धनगढीबाट लागु औषधसहित एक जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१३ का २३ वर्षीय सन्तोष रानालाई प्रहरीले लागु औषधसहित पक्राउ गरेको हो।

रानालाई एक ग्राम ४३० मिलिग्राम लागु औषधसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

लागु औषधसहित पक्राउ परेका रानालाई अहिले जिल्ला प्रहरी कार्यालय कैलाली पु¥याइएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


२१ माघ २०७९, शनिवार १४:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु