punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देउवासँग हारेका सागर ढकाल भन्छन् – संसद प्रतिपक्षविहीन भयो, बानेश्वरबाट प्रतिपक्षीको भूमिका खेल्छु

Chaupati
safha napa

प्रतिनिधि सभाको चुनावमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग डडेल्धुरामा पराजित भएका सागर ढकालले संसद प्रतिपक्षविहीन भएकाले आफूले बानेश्वरबाट प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन्।

बुधबार सामाजिक सञ्जालमा संसद भवन बानेश्वरलाई पृष्ठभूमिमा राखेर भिडिओ सार्वजनिक गर्दै ढकालले मन्त्रिपरिषद् विस्तारलगायत विषयमा आफ्ना धारणा राखेका छन्।

अहिलेको मन्त्रिपरिषदमा ९० प्रतिशत सदस्यहरू पुराना भए पनि १० प्रतिशतबाट आफूले केही नयाँ काम हुने आशा गरेको बताएका छन्।

रवि लामिछानेलाई शंकाको सुविधा दिएको उल्लेख गर्दै उनले राजेन्द्र लिङ्देन ऊर्जा मन्त्री हुनु गलत भएको बताएका छन्।

‘मैले बानेश्वरको संसद भवनभित्र आफ्ना कुरा राख्ने गरी मत पाइनँ। तर अहिले संसद प्रतिपक्षविहीन भयो,’ ढकालले भने,‘त्यही भएर अब संसद भवनलाई पृष्ठभूमि राखेर समसामयिक विषयमा आफ्ना कुराहरू राख्नेछु।’


४ माघ २०७९, बुधवार १८:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु