punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

युक्रेनमा हेलिकोप्टर दुर्घटना हुँदा गृहमन्त्रीसहित १८ जनाको मृत्यु

Chaupati
safha napa

राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक आज (बुधबार) भएको हेलिकोप्टर दुर्घटनामा परी युक्रेनका गृहमन्त्रीसहित १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बालबालिका पनि मारिएका अधिकारीहरूले बताएका छन् ।

अनलाइनमा पोष्ट गरिएको एउटा भिडियोमा आगो लागेको देखिन्छ भने रुवाबासी भएको आवाज सुनिन्छ । दुर्घटनाका सम्बन्धमा तत्काल थप विवरण प्राप्त भएको छैन । राष्ट्रिय प्रहरी प्रमुख इगोर क्लेइमन्कोले अहिलेसम्म १८ जनाको ज्यान गएको जानकारी प्राप्त भएको बताउनुभएको छ ।
गृहमन्त्रालयका कैयौँ उच्च अधिकारी, गृहमन्त्री डेनिस मोनास्ट्रास्के र उहाँका उपमन्त्रीको ज्यान गएको छ ।

बयालीस वर्षीय गृहमन्त्री मोनास्ट्रास्के दुई सन्तानका पिता हुनुहुन्छ । उहाँ दुई वर्षअघि गृहमन्त्री नियुक्त हुनुभएको थियो । दश जना बालबालिकासहित २२ जनालाई अस्पताल भर्ना गरिएको छ ।

दुर्घटनाका बेला शिशु पाठशालामा कर्मचारी र बालबालिका थिए । प्रहरी र चिकित्साकर्मी दुर्घटनास्थलमा उद्धार तथा उपचारमा सक्रिय छन् ।


४ माघ २०७९, बुधवार १७:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु