punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका कार्कीको दाबी : ६० सांसदको समर्थन

Chaupati
safha napa

प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दाबी पेस गर्नुभएको छ।

प्रदेश प्रमुख पर्शुराम खापुङ्ले दाबी पेस गर्न दिनुभएको समयभित्रै आइतबार अपराह्न ४ बजे नेता कार्कीले प्रदेश सभाका ६० सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री पदमा नियुक्त गर्न दाबी पेस गर्नुभएको हो।

प्रदेश सभामा रहेका ९३ सदस्यमध्ये सरकार बनाउन ४७ सदस्य आवश्यक पर्नेमा दुई तिहाइ नजिक सांसदको समर्थनमा उहाँले मुख्यमन्त्री दाबी गर्नुभएको हो।

प्रदेश सभामा रहेका नेकपा एमालेका ४०, माओवादी केन्द्रको १३, राप्रपाका ६ र जसपाका १ जना प्रदेश सभा सदस्यले नेता कार्कीलाई समर्थन गर्नुभएको छ।

प्रदेश सभामा कुनै पनि दलले बहुमत प्राप्त नगरेको अवस्थामा प्रदेश प्रमुख खापुङले दुई वा सो भन्दा बढी दलको समर्थनमा सरकार बनाउनका लागि आइतबार साँझसम्मको समय दिनुभएको थियो।

कार्कीलाई मुख्यमन्त्री बनाउन नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलासहित नेता प्रदेश प्रमुखको कार्यालय उपस्थित हुनुभएको थियो। प्रदेश प्रमुखले नेता कार्कीलाई आजै मुख्यमन्त्री नियुक्त गर्नुहुने बताइएको छ।


२४ पुस २०७९, आइतवार १७:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु