आयल निगमले घटायो इन्धनको मूल्य, पेट्रोल–डिजेल लिटरमा ३ रुपैयाँ सस्तो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएको छ।
यस्तै, हवाई इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर २० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिलिटर ३० रुपैयाँले घटाएको छ।
निगमले खाना पकाउने ९एलपी० ग्यासको मूल्य भने यथावत् राखेको छ।
खाना पकाउने ग्यासको मूल्य यसअघि जस्तै प्रतिसिलिण्डर १ हजार ८०० रुपैयाँ कायम रहेको निगमले जनाएको छ।
मूल्य घटेपछि पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ कायम भएको छ। यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ, हवाई इन्धन ९आन्तरिक०को मूल्य प्रतिलिटर १७० रुपैयाँ र हवाई इन्धन ९अन्तर्राष्ट्रिय०को मूल्य १।४२० अमेरिकी डलर प्रतिलिटर कायम भएको निगमले जनाएको छ।
आयल निगमले अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावले लामो समयदेखि सञ्चित नोक्सानीमा सञ्चालित हुँदै आएको जिकिर गरेको छ।
निगमले अझै पनि नेपाल सरकारको ऋण र इन्डियन आयल कर्पोरेशनमा तिर्नुपर्ने नियमित तथा बक्यौता भुक्तानी गरी करिब १८ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको पनि बताएको छ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा समेत कच्चा तेलको मूल्य घटेको र इन्डियन आयल कर्पोरेशनबाट समेत मूल्य घटेर आउँदा पनि निगमले इन्धनको मूल्य नघटाएको भन्दै विरोध हुँदै आएको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड०ले समेत केही दिन अगाडि इन्धनको मूल्य घटाउन भन्दै निर्देशन
२४ पुस २०७९, आइतवार २०:५२ बजे प्रकाशित































