punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कांग्रेसले बोलायो संसदीय दलको बैठक

Chaupati
safha napa

नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। शनिबार दिउँसो १ बजे संसदीय दलको कार्यालयमा बैठक बस्ने कांग्रेसले जनाएको छ। कांग्रेसको दलको नेतामा सभापति शेरबहादुर देउवा चयन भइसकेका छन्। यस्तै दलको मुख्य सचेतकमा रमेश लेखक चयन भएका छन्।
बिज्ञापन

एमालेसहित सात राजनीतिक दल र ३ स्वतन्त्र सांसदसहित १६९ जनाको समर्थन लिएर प्रधानमन्त्री नियुक्त भएका पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदैछन्। त्यसका लागि रणनीति बनाउन कांग्रेसले दलको बैठक बोलाएको हो।

दलको बैठक अघि कांग्रेस सभापति देउवाले सत्तारुढ दलकै केही नेताहरुसँग भेटवार्ता गरिरहेका छन्। उनले बिहीबार जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका छन्। बुधबार विहान माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मासँग भेट गरेका थिए।

माओवादी सहितको गठबन्धन बनाएर स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा होमिएको कांग्रेसले पुस १० गते विहान माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री स्वीकार गर्न नसक्दा गठबन्धन टुटेको थियो।


२१ पुस २०७९, बिहीवार १७:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु