कैलालीको गौरिगंगामा भोली देखी जाडो बिदा
कैलालीको गौरिगंगामा भोली देखी जाडो बिदा
कैलाली । कैलालीको गौरीगङ्गा नगरपालिकाले भोलिदेखि जाडो बिदा दिएको छ।
आज प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले एक सूचना जारी गर्दै भोली देखी जाडो बिदा दिइसकेको जनाएको हो ।
चिसो तथा सितलहरका कारण विद्यार्थीको स्वास्थ्यमा असर पर्ने भन्दै नगरपालिकाले पुस २२ गतेदेखि पुस २४ गते सम्म जाडो बिदा दिने निर्णय सूचनामा उल्लेख गरिएको छ ।
नगरपालिका भित्रका शैक्षिक संस्थाहरू आइतबारसम्म बन्द हुने छन् ।

यस अघि कञ्चनपुरको भीमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिकाले पनि जाडो बिदा दिइसकेको छ ।
२१ पुस २०७९, बिहीवार १७:१७ बजे प्रकाशित































