नेपाल टी-२० आजबाट सुरु हुँदै, उद्घाटन खेलमा काठमाडाैँ नाइट्स र पाेखरा एभेन्जर्स भिड्ने

काठमाडौँ -बहुप्रतिक्षित मानिँदै आएको नेपाल टी -२० फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको शनिबार औपचारिक उद्घघाटन हुँदैछ।

पटक(पटक सर्दै आएको नेपाल टी-२० आयोजना पहिलो पटक हुन लागेको हो।

उद्घाटन खेलमा काठमाडौँ नाइट्सले पोखरा एभेन्जर्सविरुद्ध खेल्ने छ। खेल बिहान ९:१५ बाट सुरु हुनेछ।

शनिबार नै हुने प्रतियोगिताको दोस्रो खेलमा लुम्बिनी अल स्टार र फार वेस्ट युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो खेल १:१५ बाट टियु मैदान कीर्तिपुरमा सुरु हुने छ।

दुवै खेल कीर्तिपुरस्थित टियु मैदानमा हुने कार्यतालिका रहेको छ। यस प्रतियोगिताको फाइनल खेल २७ गते हुने छ।

प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ।

पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहने छ। यस लिगमा काठमाडौँ नाइट, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाइटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन्।


९ पुस २०७९, शनिवार ०९:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु