बढ्यो सुनको मूल्य
सुन चाँदीको भाउ लगातार बढेको छ । आज आइतवार सुनको भाउ तोलाको एक लाख पाँच सय रुपैयाँ पुगेको छ । लगातार बढेको सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेर एक लाख ५सय रुपैयाँ पुगेको हो ।
त्यसैगरी आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज तोलामा १० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
२५ मंसिर २०७९, आइतवार ११:२५ बजे प्रकाशित































