punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नामिबियासँग ८६ रनले पराजित भयो नेपाल

Chaupati
safha napa

आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल घरेलु टोली नामिबियासँग ​पराजित भएको छ।

आज भएको खेलमा नेपाल नामिबियासँग ८६ रनले पराजित भएको हो। जितका लागि नामिबियाले दिएको २७६ रनको लक्ष्य पछ्याएको नेपाल ४६ दशमलव ५ ओभरमा अलआउट हुँदै १८९ रनमा समेटियो।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४४ रनको योगदान गरे। दिपेन्द्रसिंह ऐरीले ३४ तथा ज्ञानेन्द्र मल्लले ३० रन जोड्दा अर्जुन साउदले २९ रनको बनाए।

आरिफ शेखले १८ रन‚ ललित राजवंशीले ११ रन र आसिफ शेखले ७ रन हिर्काए।

बलिङतर्फ नामिबियाका टांगेनी लुंगामेनी, जेजे स्मिथ र नफिदीया फ्रान्सले २/२ विकेट लिए।

त्यसअघि युनाइटेड क्रिकेट मैदान विण्डहोकमा टस हारेर ब्याटिङ थालेको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २७५ रन बनायो।

नामिबियाका लागि माइकल भ्यान लिङ्गेनले सर्वाधिक ११९ रनको योगदान गरे। कप्तान गेरहार्ड इरास्मसले ५३ तथा जान निकोलले ४० रनको योगदान गरे।

बलिङतर्फ नेपालका ललित राजबंशीले सर्वाधिक ४ विकेट लिँदा सोमपाल कामीले २ तथा सागर ढकालले १ विकेट हात पारे।


२१ मंसिर २०७९, बुधवार २२:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु