punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा एमाले उम्मेदवारलाई असहयोग गरेको भन्दै गाउँपालिकाका अध्यक्षलाई कारबाहीको सिफारिस

Chaupati
safha napa
। मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको भन्दै एमालेले गाउँपालिकाका अध्यक्षलाई कारबाहीको सिफारिस गरेको छ ।
नेकपा एमालेको बैतडी जिल्ला कमिटीले आज पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्न प्रदेश कमिटीलाई सिफारिस गरेको हो ।
पञ्चेश्वर गाउँपालिकाका चन्द प्रदेश कमिटी सचिवालय सदस्य हुन् । उनलाई आफूहरूले कारबाही गर्न नसक्ने हुँदा कारबाहीको लागि सिफारिस गरिएको बैतडी जिल्ल अध्यक्ष सुरेन्द्र पालले जानकारी दिए । गाउँ कमिटीको सिफारिसको आधारमा आफूहरूले पनि सिफारिस गरिएको उनको भनाइ थियो ।
‘उहाँ (गाउँपालिका अध्यक्ष) विरुद्ध आफ्नो उम्मेदवारलाई गाली गलौच गरेको, गठबन्धनका उम्मेदवारसँग मिलेर एमाले उम्मेदवार हराउन लागेको भन्ने गाउँ कमिटीले लेखेर पठाएको छ’ उनले भने ‘हामीले पनि त्यहि बिषयमा टेकेर कारबाहीको लागि सिफारिस गरेका हौँ ।’
चन्दलाई पालिका अध्यक्षबाट समेत पदमुक्त गर्न निर्वाचन आयोगलाई सिफारिस गर्न प्रदेश कमिटीलाई आग्रह गरिएको पालले बताए ।
चन्द ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेबाट पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए ।
गाउँपालिका अध्यक्षलाई कारबाहीको सिफारिस गरेका पाल हालै सम्पन्न प्रदेश सभा निर्वाचनमा प्रदेशसभा (१)  बाट विजयी हुँदा प्रदेशसभा (२) का उम्मेदवार लिलाधर भट्ट भने झिनो मतान्तरले पराजित भएका थिए । भट्ट पराजित हुनुमा चन्दको असहयोग प्रमुख कारण रहेको एमालेको जिल्ला कमिटीले निष्कर्ष निकालेको छ ।

२१ मंसिर २०७९, बुधवार २०:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु