punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाजुरामा जिप दुर्घटना हुँदा सात जना घाइते

Chaupati
safha napa

कोल्टीबाट बाजुराको सदरमुकाम मार्तडी आउँदै गरेको जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । दिउँसो कोल्टीदेखि मार्तडीका लागि छुटेको यात्रुवाहक जिप बिरसैननजिकै पल्टिँदा त्यसमा सवार सात जना घाइते भएका हुन् ।

लु १ ज ४०३५ नम्मरको जिप बुढीनन्दा नगरपालिका– ५, बिरसैनमा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिपमा १० जना सवार थिए । त्यसमध्ये सात जना समान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । इलाका प्रहरी कार्यालय कोल्टीका प्रहरी नायब निरीक्षक कृष्णदत्त भट्टले जिपमा सवार १० जनामध्ये सात जनालाई समान्य चोट लागेको जानकारी दिए । घाइतेहरू बाजुरा, हुम्ला र मुगुका रहेको उनले बताए ।

घाइते हुनेमा हुम्लाको सर्केगाडका ४५ वर्षीय कालीबहादुर बुढा, सोही ठाउँका २२ वर्षीय भैर बुढा, हुम्ला सिमीकोट २ का ४१ वर्षिय रन बुढा, मुगुको श्रीकोटका २७ वर्षीया ललिता रोकाया, सोही ठाउँका २५ वर्षीय भीमबहादुर बानिँया, मुगु तिन रोलका ३५ वर्षीय गोरखबहादुर रोकाया र बुढीनन्दा नगरपालिका १० का ४५ वर्षीय जित ल्वार रहेका छन् ।

घाइते सबै जनाको अहिले कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिप अनियन्त्रित भएर सडकबाट करिब १० मिटर तल खसेको प्रहरीले जनाएको छ ।


२१ मंसिर २०७९, बुधवार १९:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु