punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्री देउवा भोली धनगढी आउने

Chaupati
safha napa
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिहीबार (भोली) धनगढी आउने भएका छन् ।
 कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न भोली प्रधानमन्त्री देउवा आउन लागेका हुन् । यो महोत्सवको १६औं संस्करण  हो ।
देउवाले दिउँसो २ बजे उद्घाटन गर्ने कार्य तालिका रहेको छ  ।  कैलाली उद्योग वाणिज्य संघले देउवा सामु १६ बुँदे माग राख्ने तयारी गरेको छ ।  २१ बुँदे माग सहित २१ किलोको माला लगाउँदै आएको आयोजकले यस पटक केही माग सम्बोधन भएको भन्दै १६औं संस्करणमा १६ बुँदे माग राख्न लागेको हो ।
मङ्सिर ४ गते सम्पन्न निर्वाचन पछि देउवा पहिलो पटक धनगढी आउन लागेका हुन् । प्रधानमन्त्री आउने सबै तयारी पुरा भइसकेको कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुवरले जानकारी दिए ।

२१ मंसिर २०७९, बुधवार १९:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु