punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नामिवियाले नेपाललाई दियो २७६ रनको लक्ष्य

Chaupati
safha napa

आइसीसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपाललाई नामिवियाले जीतको लागि २७६ रनको विजयी लक्ष्य दिएको छ ।

नामिवियाको युनाइटेड क्रिकेट ग्राउन्डमा आज टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिवियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७५ रन बनायो । नामिवियाका मिचेल भान लिंगेनले सर्वाधिक ११९ रनको योगदान दिए । उनले १११ बलमा १५ चौका र १ छक्काको मद्दतमा ११९ रन बनाएका हुन् ।

त्यस्तै कप्तान जेरहार्ड इरासमले ७६ बलमा एक चौका र दुई छक्काको सहयोगमा ५३ रन बनाए । जान निकोल लोफ्टी एटनले ३२ बलमा ४ चौका र एक छक्काको सहयोगमा ४० रन बनाए । लो हान्ड्रे लोउरेन्सले १४ रन बनाउँदा तथा डिभान ला कुक १८ रन जोडए ।

नेपालका ललित राजवंशीले ४ विकेट लिए भने सोमपाल कामीले २ विकेट झारे । त्यस्तै सागर ढकालले १ विकेट हात पारे । अहिले नेपाल जवाफी ब्याटिङ उत्रिएको छ ।


२१ मंसिर २०७९, बुधवार १९:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु