punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरको बेदकोटमा आन्दोलन थप चर्कियो

Chaupati
safha napa

कञ्चनपुरको बेदकोट नगरपालिकामा पशुचौपाया खाडलमा गाडेको अवस्थामा भेटिएपछि स्थानीयबासिन्दाले त्यसको विरोधमा प्रदर्शन गरेका छन् ।

छाडा चौपाया व्यवस्थापनको माग गर्दै महिलाहरु आन्दोलित भएका बेला मंगलबार बेदकोट–३ को चोरपानीमा पशुचौपाया गाडिएको पाइएपछि बुधबार फेरि स्थानीय बासिन्दाले नगरपालिका कार्यालय घेराउ गरेका छन् ।

मेयर भोजराज बोहरासहितका जनप्रतिनिधिविरुद्ध नाराबाजी गर्दै स्थानीयबासिन्दाले नगरपालिका कार्यालय घेराउ गरेपछि अवस्था तनावग्रस्त बनेको थियो ।

आन्दोलनपछि नगरपालिकाले सोमबार राति पशुचौपायालाई ट्रकमा हालेर वडा नम्बर ६ को मुसेपानीमा स्थापना गरेको गौशालामा लगेको थियो । तर मंगलबार भने ती पशुचौपाया गौशालाबाट अज्ञात समूहले निकालिदिएको नगरपालिकाको दाबी छ ।

मेयर बोहराले मृत भेटिएका चौपायाका विषयमा जानकारी नभएको बताए पनि स्थानीयबासिन्दाले भने नगरपालिकाले मारेर गाडेको आरोप लगाएका छन् ।


२१ मंसिर २०७९, बुधवार १९:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु