punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा समानुपातिकको अन्तिम २१ को नतिजा यस्तो छ 

Chaupati
safha napa
कैलाली । निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेशमा समानुपातिक तर्फका २१ जनाको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।
दलहरूले पाएको मत परिणाम अनुसार ती दलहरूले समानुपातिक सांसद पाएका छन् । निर्वाचन आयोगका अनुसार २१ मध्ये नेकपा एमालेले ७ जना समानुपातिक सांसद पाएको छ । प्रत्यक्ष तर्फ एमालेले ३ क्षेत्र जितेको थियो ।
त्यस्तै कांग्रेसले पनि समानुपातिकमा ७ सांसद पाउने भएको छ । प्रत्यक्षमा कांग्रेसले १२ क्षेत्रमा जित हासिल गरेको थियो । ८ क्षेत्र प्रत्यक्ष जितेको माओवादीले समानुपातिकमा ३ जना पाएको छ ।
प्रत्यक्षमा ५ क्षेत्र जितेको नागरिक उन्मुक्ति पार्टीले समानुपातिकमा २, प्रत्यक्षमा ३ क्षेत्र जितेको नेकपा एकीकृत समाजवादीले समानुपातिक १ सिट पाएको छ । त्यस्तै प्रत्यक्षमा एक क्षेत्र नजितेको राप्रपाले पनि समानुपातिक १ सिट पाएको छ ।

२१ मंसिर २०७९, बुधवार १७:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु