punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

महाकाली धकेल्ने गरि भइरहेको कामबाट पछि हट्यो भारत, नदीलाई पुरानै स्थानबाट बगाउन सहमत

Chaupati
safha napa
दार्चुलामा महाकालीको बहाव नेपाल तर्फ धकेल्ने गरि भारतले निर्माण गरिरहेको पक्की संरचनाको काम तत्काल रोकिने भएको छ । आज नेपाल र भारतका सुरक्षा अधिकारीहरूको छलफलमा भारत आफ्नो अघिल्लो कदमबाट पछि हट्न सहमत भएको हो ।
सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्रमा पेचिलो बन्दै गइरहेको तटबन्ध विवादलाई निकास दिन  आज नेपाल–भारत समन्वय समितिको बैठक भारतमै बसेको थियो । उक्त बैठकमा पनि भारतीय सुरक्षा अधिकारीहरूले सुरुमा भइरहेको कामलाई निरन्तरता दिन नेपाली सुरक्षा अधिकारीसँग आग्रह गरेका थिए । नेपाली सुरक्षा अधिकारीहरूले त्यहाँ विवाद रहेको र नेपाली भूमिमा प्रभाव पर्ने भन्दै काम रोक्नु पर्ने अडान लिएका थिए ।
भारत पिथौरागढस्थित जिल्ला अधिकारी कार्यालयकी प्रमुख रीना जोशीले नेपाली पक्षको असहमतिको आधारमा काम अघि बढाउन नसकिने भन्दै तत्काल काम रोख्न सहमत भइन् ।आजको बैठकमा भइरहेको काम रोक्ने मात्रै होइन नेपाल तर्फ महाकाली धकेल्ने गरि तयार गरिएका संरचनाहरू हटाउन पनि भारत सहमत भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए।
उनका अनुसार महाकालीलाई पुरानै बहावमा बगाउने गरि ती संरचना हटाइन लागेका हुन् ।
 ‘अहिलेलाई भइरहेको काम रोक्ने र महाकाली धकेल्ने गरि तयार गरिएको संरचना हटाउने कुरामा भारतीय पक्ष सहमत भएका छन्’ प्रजिअ उपाध्यायले भने ‘त्यसका लागि १० दिनको समय निर्धारण गरिएको छ ।’
यसअघि मंगलबार भारतीय अधिकारीले महाकाली नदी क्षेत्रमा भइरहेको तटबन्ध निर्माणको कामको अनुगमन पनि गरेका थिए। आइतबार महाकाली नदीको धार परिवर्तन हुने गरेर भारतले एकलौटी तटबन्ध निर्माण गरेपछि दार्चुला खलंगाका स्थानीय विरोध तथा प्रतिरोधमा उत्रिएका थिए। विरोध विवादमा परिणत हुँदा झडप भएको र ४ जना घाइते समेत भएका थिए । सोमबार दार्चुलामै आएका भारतीय सुरक्षा अधिकारीहरूले काम रोक्न सहमत भएको जनाएका थिए ।
नेपाल सरकारले भारतलाई कूटनीतिक नोट पठाएपछि  नेपाली प्रशासन र भारतको स्थानीय प्रशासन बिच बुधबार छलफलमा भएको हो ।

२१ मंसिर २०७९, बुधवार १७:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु