punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

यू १९ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता : उपाधिको लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने

Chaupati
safha napa

१९ वर्षमुनिको राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधिको लागि सुदूरपश्चिम र लुम्बिनी प्रदेशले खेल्ने भएका छन् । आज मधेश प्रदेशलाई ५८ रनले हराउँदै लुम्बिनीले फाइनलमा सुदूरपश्चिमसँगको भेट पक्का गरेको छ ।

त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा लुम्बिनीले दिएको २ सय २३ रनको लक्ष्य पछ्याएको मधेश ४५ ओभर ४ बलमा १ सय ६४ रन बनाउँदा अलआउट भयो । उसका मायान यादवले सर्वाधिक ३८ रन बनाए । बलिङतर्फ लुम्बिनीका अभिषेक गौचन र विशालविक्रम केसीले तीनरतीन विकेट लिए।

आजै मुल्पानी मैदानमा भएको अर्को खेलमा प्रदेश एकले कर्णाली प्रदेशलाई ७ विकेटले हरायो । कर्णालीले दिएको १ सय ५३ रनको लक्ष्य प्रदेश एकले ३१ ओभर ३ बलमा मात्रै तीन विकेट गुमाएर भेटायो । प्रदेश एकका लागि सोनु अन्सारीले ४५ र भुपाल दंगालले नटआउट ४२ रन बनाए ।

प्रदेश एक चौथो र कर्णालीले छैठौँ स्थानमा रहेर प्रतियोगिता टुंग्याएका छन् ।फाइनल खेल पर्सि सोमबार हुनेछ । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।


१७ मंसिर २०७९, शनिवार २०:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु