बाजुरामा अपडेट : प्रतिनिधि सभामा कांग्रेसको अग्रता कायमै, प्रदेशमा जित सुनिश्चित
बाजुरामा मत गणना जारी छ । अहिले सम्म सत्ता गठबन्धनका उम्मेदवारले प्रतिनिधि सभा र प्रदेश सभा दुबैमा अग्रता बनाइरहेका छन् ।
प्रतिनिधि सभामा कांग्रेसका बद्री पाण्डे हाल सम्म ३ हजार ७७८ मतले अघि छन् । पाण्डेले २६हजार ९८६ मत पाउँदा एमालेका कर्ण थापाले २३ हजार २०८ मत पाएका छन् । प्रदेश सभा १ मा कांग्रेसका पदम बहादुर शाहीको जित निश्चित भइसकेको छ । गणना हुन बाकी मत भन्दा बढिले यहाँ कांग्रेसका शाहीले एमालेका उम्मेदवार लाला बहादुर थापालाई पछि पारेका छन् । शाहीले १९०३७ मत पाउँदा थापाको १६१४५ मत छ । यी दुई बिचको मतान्तर २हजार ८९२ छ । यहाँ अब गणना हुन बाकी मत २ हजार ८४२ मत मात्रै छ ।
यस अघि हिजो आएको अन्तिम परिणाम पनि प्रदेश २ मा सत्ता गठबन्धनकै उम्मेदवार विजयी भएका थिए । यहाँ एमाले उम्मेदवार बलदेव रेग्मीलाई हराउँदै नेकपा एकीकृत समाजवादीका नरेश शाही विजयी भएका हुन् ।
१८ मंसिर २०७९, आइतवार ०७:०५ बजे प्रकाशित































