punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज राति १२ बजेदेखि मौन अवधि सुरु

Chaupati
safha napa

प्रचार पूर्ण रूपमा निषेध, सामाजिक सञ्जालबाट विज्ञापन हटाउनुपर्ने, मदिरा प्रतिबन्ध, सीमा बन्द

प्रतिनिधिसभा तथा प्रदेश सभाको ४ मंसिरमा हुने निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदै छ । निर्वाचन कसुर तथा सजाय ऐनअनुसार मतदानअघिको ४८ घन्टालाई स्थिर समय भनिएको छ । स्थिर समय अर्थात् मौन अवधिमा दल तथा उम्मेदवारको पक्षमा कुनै पनि निर्वाचन सामग्री प्रचार गर्न पाइनेछैन ।

४ मंसिर बिहान ७ देखि साँझ ५ बजेसम्म हुने मतदानअघिको ४८ घन्टा अर्थात् आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए । उनका अनुसार मौन अवधिमा दल तथा उम्मेदवारको पक्षमा छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइनेछैन ।

कुनै पनि विधिबाट मत माग्ने र निर्वाचन प्रचार गर्न पाइनेछैन । मतदानस्थलअघि राखिएका दल तथा उम्मेदवारका प्रचारप्रसार सामग्री सम्बन्धित दल तथा उम्मेदवारले पूर्ण रूपमा हटाउनुपर्नेछ ।

आयुक्त भण्डारीले उम्मेदवार, दल, भ्रातृ संगठनको सामाजिक सञ्जालमार्फत गरिएका विज्ञापन तथा प्रचार सामग्री पूर्ण रूपमा हटाउनुपर्ने बताए । सामाजिक सञ्जाल, छापा वा अन्य कुनै माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि सन्देश सूचना प्रचार सामग्रीलगायत पोस्ट, सेयर, लाइक र कमेन्ट गर्न पनि नपाइने उनको भनाइ छ ।

आयोगले मौन अवधिमा मदिरा बिक्री–वितरण र सेवनमा निषेध गरेको छ । मतदान तथा मतगणनाको अवधिमा शान्तिपूर्ण अवस्था कायम राख्नका लागि मतदानको मितिभन्दा ४८ घन्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा निषेध गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । मदिरा निषेध गराउन तथा सूक्ष्म अनुगमन गर्न सिडिओ, प्रहरीलाई निर्देशन दिइएको छ भने मदिरा व्यवसायीसँग सहयोग मागिएको छ ।

प्रवक्ता पौडेलले मौन अवधि कार्यान्वयन गराउन बिहीबार राति १२ बजेदेखि नै नेपाल भारत सीमानाका बन्द गरिने बताए ।

यसका लागि गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायमार्फत भारतसँग समन्वय गरिएको छ । मतदान नसकिएसम्म नाकाहरू बन्द हुनेछन् ।

निर्वाचन आयुक्त भण्डारीले मतदानको तीन घन्टाअघिदेखि मतदान समाप्त नभएसम्म मतदान केन्द्रमा खटिएका व्यक्ति वा कर्मचारीलाई बाधा हुने गरी कुनै काम गर्न नपाइने बताए ।

‘मतदान केन्द्र रहेको घर, भवन वा सो स्थलवरिपरि असर पर्ने गरी शान्ति भंग गर्ने वा भय, त्रास पैदा हुने गरी निर्वाचन वातावरण बिथोल्न पाइँदैन । मतदानस्थलवरिपरि साउन्ड सिस्टम राख्ने, ठूलो स्वरले बजाउन पाइँदैन ।

बाजागाजा बजाउने, नाचगान, भोजभतेर गर्ने, जुलुस प्रदर्शन, जुनसुकै किसिमको सभा, समारोह गर्न, हुलहुज्जत, होहल्ला गर्न पाइँदैन,’ उनले भने । आचारसंहिताविपरीतका यी गतिविधि गरेमा निर्वाचन कसुर सजाय ऐनअनुसार कारवाही हुनेछ ।

आयुक्त भण्डारीले आचारसंहिता पूर्ण पालना गराउन निर्वाचन अधिकृत, मुख्य निर्वाचन अधिकृत, स्थानीय प्रशासन, प्रहरी प्रशासन सबैलाई निर्देशन जारी गरिसकेको बताए ।

मौन अवधिमा आचारसंहिता उल्लंघन गर्नेलाई तत्काल कारबाही हुने उनले चेतावनी दिए । निर्वाचन कसुर सजाय ऐनमा अधिकतम दुई लाखसम्म जरिवाना र तीन वर्षसम्म कैद सजाय हुने व्यवस


१ मंसिर २०७९, बिहीवार ०६:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु