punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपाल विजयी पाकिस्तान सँगको मैत्रीपूर्ण फुटबलमा

Chaupati
safha napa

अञ्जन विष्टको एक मात्र गोल मद्दतमा नेपालले मैत्रीपूर्ण फुटबलमा पाकिस्तानलाई हराएको छ ।

दशरथ रंगशालामा ५० औं खेलको कोशेढुंगा पूरा गर्दा नेपालले १-० को जितको नतिजा निकालेको हो

नेपाललाई घरेलु मैदानमा जिताउन अञ्जन विष्टले ८३ औं मिनेटमा गोल गरे । सुनिल बलको पासमा अञ्जनले गोल गरेका हुन् । अञ्जनले गत असोजमा दशरथ रंगशालामै भएको बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलमा ह्याट्रिक गरेका थिए ।

पछिल्लो समय नेपालका गोल स्कोररको रुपमा देखा पर्दै आएका अञ्जनले पाकिस्तान विरुद्ध गरेको गोल नेपालका लागि ११ औं गोल हो ।

अञ्जन नेपालका लागि १३ गोल गर्ने हरि खड्का र निराजन रायमाझीको कीर्तिमान बराबरी गर्नबाट दुई गोलले मात्र टाढा छन् ।

नेपाली समर्थकले खचाखच भरिएको रंगशलामा पहिलो हाफमा दुवै टोलीले खासै राम्रो मुभ बनाउन सकेनन् । ३८ औं मिनेटमा नेपालका तेज तामाङले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेनन् ।

उनको प्रहार पाकिस्तानी डिफेण्डरले क्लियर गरे ।
यसअघि असोजमा भएको बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलमा टिममै नपरेका पुजन उपरकोटी र आयुष घलानले पाकिस्तान विरुद्ध पहिलो रोजाईँमा खेले ।

किरण कुमार लिम्बु आई लिग खेल्न भारतमा रहेकोले दिप कार्कीले नेपालको पोष्ट सम्हालेका थिए । दिपले गत जेठमा कुवेतमा भएको एएफसी कप छनोटमा डेब्यु गरेका थिए ।

यसै खेलबाट रोहित चन्दले नेपालका लागि पहिलो पटक कप्तानी गरे । यस्तै मछिन्द्र क्लबलाई लगातार दुई पटक ए डिभिजन लिग जिताएका प्रवेश कटुवालले पनि राष्ट्रिय टिममा प्रशिक्षकको रुपमा डेब्यु गरे ।

पाकिस्तानले फिफाको निलम्बनका फुकूवापछि यही खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गरेको हो ।
आवास लामिछानेको राष्ट्रिय टिममा डेब्यु
फुटबलर आवास लामिछानेले यो खेलबाटै राष्ट्रिय टिमबाट डेब्यु गरेका छन् ।

दशरथ रंगशालामा भएको पाकिस्तानसँगको मैत्रीपूर्ण खेलको ५७ मिनेटमा सेसेहाङ आङदम्बेको स्थानमा मैदान प्रवेश गर्दै उनले नेपालका लागि डेब्यु गरेका हुन् ।उनी यही मैत्रीपूर्ण खेलका लागि पहिलो पटक राष्ट्रिय टिममा परेका थिए ।

गत सिजन ए डिभिजन लिगमा राम्रो प्रदर्शन गरेको र क्षमता भएको खेलाडी भएकाले आवासलाई टिममा राखेको प्रशिक्षक प्रवेश कटुवालले बताएका थिए । आवासले एपीएफ क्लबबाट ए डिभिजन लिग खेलेका थिए ।

 


३० कात्तिक २०७९, बुधवार २०:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु