punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डडेल्धुरामा प्रधानमन्त्रीले भने- देशको मुहार फेर्न गठबन्धन बनेको हो

Chaupati
safha napa

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको मुहार फेर्न गठबन्धन बनेको बताएका छन् ।

गृहजिल्ला डडेल्धुराको भागेश्वर गाउँपालिकाको बोगटामा आयोजित चुनावी सभामा प्रधानमन्त्री देउवाले १५- २० वर्ष गठबन्धन कायम राख्दै देशको मुहार फेर्ने योजना रहेको बताए ।

“१५–२० वर्षसम्म गठबन्धनलाई यथावत राख्दै सरकार चलाएर देशको मुहार फेर्ने योजना रहेको हो,” उनले भने, “देशको मुहार फेरेरै छाड्ने हो । ढुक्क भए हुन्छ ।”

संसदमा सरकारको विरोध गर्ने बित्तिकै केपी शर्मा ओलीले संसद नै भंग गरिदिएको स्मरण गराउँदै प्रधानमन्त्री देउवाले त्यस्तो अधिकार कसैलाई पनि नभएको बताए । “अहिलेको संविधानमा संसद भंग गर्ने अधिकार कसैलाई छैन । हामी त्यस्तो गर्दा पनि गर्दैनौँ,” उनले भने ।

प्रधानमन्त्री देउवाले बुधबार गृहजिल्ला डडेल्धुरा र बैतडीका चार वटा आमसभालाई सम्बोधन गरेका छन् । यसअघि १७ कात्तिकमा गृहजिल्ला पुगेका देउवा चार दिन यतै बसेका थिए । सो क्रममा उनले सात पालिकाका सात चुनावी सभालाई सम्बोधन गरेका थिए ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देउवासहित डडेल्धुरामा ८ उमेदवार छन् । देउवा ०४८ यताका हरेक निर्वाचनमा विजयी हुँदै आएका छन् ।


३० कात्तिक २०७९, बुधवार १७:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु