‘नाइँ नभन्नु ल ६’मा जोडिइन् केकी अधिकारी

अभिनेत्री केकी अधिकारी फिल्म ‘नाइँ नभन्नु ल ६’मा जोडिएकी छन् । चार दिनदेखि केकीलाई लिएर निर्माताले झापामा फिल्म सुटिङ गरिरहेका छन् ।
निर्मातामध्येका उत्तम केसीले केकीले छायांकन सेट ज्वाइन गरेको बताए । केकीले पनि अझै डेढ साता छायांकनमा व्यस्त हुने जानकारी दिएकी छन् ।
निर्देशक आचार्यसहित सामीप्यराज तिमिल्सिना र अरुणदेव जोशीले पटकथा लेखनमा सहकार्य गरेका छन् । आख्यान फिल्म्सको ब्यानरमा सिविन दाहाल र सञ्जय न्यौपानेले फिल्म निर्माण गर्न लागेका हुन् ।
३० कात्तिक २०७९, बुधवार १६:५७ बजे प्रकाशित