नागरिक उन्मुक्तिका केन्द्रीय सदस्य माओवादी प्रवेश, उम्मेदवार चौधरीले गरे स्वागत
नागरिक उन्मुक्तिका केन्द्रीय सदस्य विपिन आचार्य माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण चौधरी कुन्दनले स्वागत गरेका हुन् । आचार्य माओवादी केन्द्रबाट नागरिक उन्मुक्ति प्रवेश गरेका थिए ।
माओवादी युद्धमा समेत होमिएका आचार्यले सत्ता गठबन्धनबाट कैलाली क्षेत्र नम्बर ३ का उम्मेदवार चौधरीले स्वागत गर्दै गठबन्धनको जित सुनिश्चित भएको बताएका थिए ।यहाँ प्रतिनिधि सभा तर्फ चौधरी उम्मेदवार बन्दा प्रदेशमा नेकपा एकीकृत समाजवादीका अमर साउद र कांग्रेसका खेम चौधरी उम्मेदवार छन् ।
२९ कात्तिक २०७९, मंगलवार १७:१० बजे प्रकाशित































